माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारीलाई पूर्णता दिने बताइएको छ ।

यसअघि हिजो पदाधिकारी टुङ्गो लगाउन भन्दै बोलाइएको बैठक निष्कर्षबिहीन भएको थियो । हिजो बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पदाधिकारीसहित अन्य साङ्गठनिक संरचनालाई पूर्णता दिन सकेन ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुङ्ग्याउने बताएका छन् । माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले पदाधिकारी चयन गर्न सकेको छैन ।