तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनशन

तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनशन


ग्लोब नेपाल
162
Shares

काठमाडौं । निहारिका राजपुत ‘सोनाली’ले १७ दिनपछि अनशन तोडेकी छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले अनशन तोडेकी हुन् ।

राजपुतले गत साउन २७ गते राष्ट्रपति कार्यालय शितलनिवास अगाडि आत्मदहको प्रयास गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना गरिएकै बेला उनले अनशन सुरु गरेकी थिइन् ।

निहारिकाको माग बमोजिम आरोपी शिवराज श्रेष्ठसँग डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरमा माग गर्ने सहमति भएको छ । उनको मुद्दा अदालतमा विचाराधीन भएकाले सरकारी वकिलले यससम्बन्धी माग गर्ने सहमति गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले ३१ साउनमा श्रेष्ठलाई पक्राउ गरेको छ । उनले निहारिकासँग सम्बन्ध भएपनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका छन् । श्रेष्ठले डीएनए जाँच गरिए त्यसलाई सघाउने बताउँदै आएका छन् । निहारिकाले डीनएन मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गरेकी छन् ।

सहमतिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र निहारिकाले हस्तक्षर गरेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रोहवरका रुपमा हस्ताक्षर गरेका छन् ।