सत्ता गठबन्धनको कार्यदल बैठक आज बालुवाटारमा बस्ने

सत्ता गठबन्धनको कार्यदल बैठक आज बालुवाटारमा बस्ने

सिटौला उपस्थित नहुने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठक विहान ९ बजेबाट सुरु हुने कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिएका छन् ।

कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनेछन् । कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने भएका हुन् । कार्यदलको बैठक बालुवाटारमा पटक पटक बस्दै आएपनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन ।