काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सहितको टोली बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगेको छ । महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले सो क्षेत्रमा बनेका अनधिकृत संरचनाको अवलोकन गरेको हो ।
शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको महानगरको टोलीसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने प्रतिबद्धता जनाएका छन् ।महानगरको टोलीले बिहीबार सो क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ गर्ने स्थानमा व्यवसायका लागि भाडामा दिएपछि सो स्थान खाली गराउन निर्देशन दिएको छ ।
नयँ बानेश्वर क्षेत्रमा पनि महानगर टोलीले बिहीबार अनुगमन गरेको छ । गत सोमबार नयाँ बानेश्वरमै अन्डरग्राउन्डमा रहेका पसल हटाएको र अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्न्धरास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना भत्काएको थियो ।
![](https://globenepal.com/wp-content/uploads/2022/08/301214778_1192593874803413_1295056148823462276_n-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/08/300056856_3391003771133340_5392879041722693997_n-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/08/300070193_3123686391277514_8452633235590372825_n-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/08/300724743_765163844562023_3946058561923016412_n-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/08/300666591_1828321640708640_669817026230407691_n-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/08/300170453_413457880896953_567892453799652810_n-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/08/300468732_411917611011029_2217043563280578603_n-768x512.jpg)
प्रतिक्रिया