काठमाडौं । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले पदमबहादुर खड्कालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा विक्रम गिरी निर्वाचित भएका छन् भने उपाध्यक्षमा चित्रनाथ योगी, महासचिवमा खगेन्द्रविक्रम राणा, सचिवमा राजेन्द्रबहादुर शाही, कोषाध्यक्षमा सोमबहादुर श्रेष्ठ (मंगल) निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा टोपबहादुर महतरा, नरेशकुमार रमेश बीसी र राजकुमार मल्ल निर्वाचित भएका छन् । निर्विराेध निर्वाचित सदस्यहरुमा कल्पना खड्का र कविराम दमाई छन् ।
प्रतिक्रिया