मोरङ-३ बाट रेखा थापाले उम्मेदवारी दिने

मोरङ-३ बाट रेखा थापाले उम्मेदवारी दिने

सम्भवतः एमालेले राप्रपासँग कार्यगत एकता गरे थापा पछि हट्ने निश्चित छ


ग्लोब नेपाल
594
Shares

काठमाडौं । कलाकार रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)बाट उम्मेदवारी दिने भएकी छन् ।

राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी छन् । यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन् । ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले भने ।

गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिएकी थिइन् । तर, उनी कुन्ती शाहीसँग पराजित हुन पुगिन् ।

अब आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्यमा निर्वाचनमा उनी प्रत्यक्षबाट उठ्न लागेकी हुन् । सम्भवतः एमालेले राप्रपासँग कार्यगत एकता गरे थापा पछि हट्ने निश्चित छ । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए । उनले ४२ हजार ४ सय १३ मत ल्याउँदा कांग्रेसका सुशीलकुमार शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका थिए । उक्त निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसबाहेक अन्य राजनीतिक दलको खासै प्रभाव देखिँदैन ।