पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो


ग्लोब नेपाल
81
Shares

पाल्पा । गएराति वर्षासँगै पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड एकतर्फी रुपमा संचालनमा आएको छ । सडक डिभिजन कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पहिरो पन्छाएर एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको हो ।

वर्षासँगै लदो र डुङ्गा खसेपछि रातिदेखि अवरुद्ध सडक बिहानैदेखि पहिरो पन्छाएर खोलिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए ।

उक्त राजमार्गको तिनाउ गाउँपालिकाको वडा नं. ३ स्थित झुम्सा र हेडबक्स नजिकै खसेको पहिरो पन्छाएर सवारी आवागमन भएको दोभान प्रहरी चौकीले जनाएको छ ।