चेल्सीको पहिलो हार

चेल्सीको पहिलो हार


ग्लोब नेपाल
81
Shares

काठमाडौं । साउथह्याम्पटनसंग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलकाे नयाँ सिजनमा पहिलो हार बेहोरेको छ । घरेलु टोली साउथह्याम्पटनको जितमा रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक-एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले २३औं मिनेटमा गरेकाे गाेलमा अग्रता लिएका थिए ।

जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा छ । यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा लिड्स युनाइटेड र एभर्टनले १-१ गोलको बराबरी खेले ।