चट्याङ लागेर दाङमा दुई महिलाको मृत्यु, १० जना घाइते

चट्याङ लागेर दाङमा दुई महिलाको मृत्यु, १० जना घाइते


ग्लोब नेपाल
81
Shares

दाङ । गएराती परेको चट्याङ लागेर दाङमा दुई महिलाको मृत्यु भएको छ भने १० जना भन्दा बढी महिला घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ को गुरौँ गाउँमा तिजको नाचगान गरिरहेको स्थानमा गएराति १२ बजेतिर परेको चट्याङ लागेर सोही ठाउँका १६ वर्षिया दिपा घर्ती र १९ वर्षिया मोनिशा शाहको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनामा परी १२ जना घाइते भएको र ती मध्ये गम्भीर भएका दुई जनालाई उपचारका लागी अस्पताल ल्याइएको स्थानीयलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटना भएको स्थान विकट भएकाले विहान मात्र जानकारी आएकाले प्रहरी र वडा अध्यक्ष विहानै घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।