अधिकृतदेखि प्राविधिकसम्म १५२ करार कर्मचारी माग

अधिकृतदेखि प्राविधिकसम्म १५२ करार कर्मचारी माग


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५२ जना कर्मचारीका लागि दरखास्त माग गरेको छ ।

परियोजना व्यवस्थापन इकाई खुमलटारले एक सूचना प्रकाशित गर्दै कृषि अधिकृतदेखि पशु विकास अधिकृत, नायव प्राविधिक सहायक र नायव पशु सेवा प्राविधिकका लागि करारमा भर्ना खोलेको हो । जसमा कृषि अधिकृत ३६ जना, पशु विकास अधिकृत ७ जना, नायव प्राविधिक सहायक ८२ र नायव पशु सेवा प्राविधिक २७ जना रहेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सेवा करारमा कृषि प्राविधिक कर्मचारी छनौट सम्बन्धी कार्यविधि, २०७८ अनुसार लिखित र अन्तर्वार्ताबाट छनौट गरिने जनाईएको छ । दरखास्त बुझाउने अन्तिम मिति असोज ५ गतेसम्म राखिएको छ ।