१० सहसचिवको सरुवा

१० सहसचिवको सरुवा

काठमाडौं महानगरमा पौडेलको स्थानमा अधिकारी


ग्लोब नेपाल
270
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित १० सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले बिहीबार अबेर ती सहसचिवको सरुवा फाइल सद्दर गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव एवं प्रवक्ता वसन्त अधिकारी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका छन् भने त्यहाँका लोकनाथ पौडेल मन्त्रालयको अतिरिक्तमा तानिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन् भने सूचना विभागमा महानिर्देशक गोगनबहादुर हमाल गृह मन्त्रालय आएका छन् ।

अतिरिक्त समूहमा रहेकी स्कीम श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ भने बेपत्ता आयोगकी रोशनीकुमारी श्रेष्ठको गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुरेश राउतको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश, वित्त आयोगका शम्भु कार्की शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै स्थानीय पूर्वाधार विकास मन्त्रालयका कृष्णकुमार मिश्र भौतिक पूर्वाधार विकास मन्त्रालय मधेस प्रदेश र त्यहाँका दीपककुमार दासलाई वित्त आयोगमा सरुवा भएको छ । अब विष्णु कोइराला र पौडेल दुई जना मात्रै अतिरिक्तमा छन् ।