सान्चोको निर्णायक गोलमा युनाइटेडको जित

सान्चोको निर्णायक गोलमा युनाइटेडको जित



लन्डन । जोडन सान्चोको निर्णायक गोलप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बुधबार राति लगातार तेस्रो जित निकालेको छ । लेस्टर सिटीमाथि १–० को जितसँगै युनाइटेड तालिकाको पाँचौ स्थानमा उक्लिएको हो । पहिलो दुई खेलमा हार बेहोर्दै प्रिमियर लिगको खराव सुरुवात गरेको युनाइटेडले त्यसपछिका तीनै खेलमा जित निकालेको छ ।

लेस्टरको मैदान किङ्ग पावर रंगशालामा २३औं मिनेटमा मार्कुस रासफोर्डको पासलाई सान्चोले पोष्टको दिशा दिएका थिए । यही गोल युनाइटेडको जितमा पर्याप्त बन्यो । युनाइटेडले पाँच खेलबाट ९ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको लेस्टर एक अंकसहित तालिकाको पुछारमा छ ।