नेपाल र केन्याबीच आज पहिलो एक दिवसीय खेल हुँदै

नेपाल र केन्याबीच आज पहिलो एक दिवसीय खेल हुँदै


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाल र केन्याबीच आज पहिलो एक दिवसीय खेल हुँदैछ । केन्या भ्रमणमा रहेको नेपालले केन्याविरुद्धको पहिलो एक दिवसीय खेल खेल्न लागेको हो । नेपाल आज शृंखलामा विजयी शुरुवात गर्ने लक्ष्यका साथ मैदान ओर्लने छ ।

नेपालले यस अघि घरेलु टोलीविरुछको पाँच खेलको ट्वेन्टी-ट्वेन्टी शृंखला ३–२ ले जितेको थियो । केन्याविरुद्धको एक दिवसीय शृंखलामा नेपालको कप्तानी रोहित पौडेलले सम्हालेका छन् ।

नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान पौडेलले कप्तानको जिम्मेवारी पाएका हुन् । कप्तान लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेष्ट इण्डिजमा छन् ।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे शुरू हुनेछ । तीन खेलको एक दिवसीय शृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।