सिँचाइ सचिव राईले किन सच्याए बोलपत्रको बुँदा

सिँचाइ सचिव राईले किन सच्याए बोलपत्रको बुँदा


ग्लोब नेपाल
405
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव(जलस्रोत तथा सिँचाइ) सागर कुमार राईले बोलपत्रको बुँदा सच्याएका छन् । सुनकोसी मरिन डाइभर्सन मल्टी प्रपोज प्रोजेक्ट, सिन्धुली प्रोजेक्टको बोलपत्रमा स्पेसिफिकेसनमै मिलेमतोको हुनसक्ने आशङ्कापछि सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले उल्लेखित एउटा बुँदा सच्याउन भनेका थिए ।

बोलपत्रको अनुभवसम्बन्धी एउटा बुँदामा ठेकेदार कम्पनीले आउट अफ होम कन्ट्री काम गरेको हुनुपर्ने बुँदालाई हटाउन भनिएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयको ध्यानाकर्षणपछि बोलपत्रमा उल्लेखित बुँदा सच्याएर सूचना प्रकाशन भएको विभागका महानिर्देशक सुशिलचन्द्र आचार्यले स्वीकारेका छन् । ‘सच्याएर हिजै सूचना प्रकाशित भई सकेको छ’, महानिर्देशक आचार्यले भने ।

कार्यालयले सच्याउन भनेको बुँदाको विषयमा छलफल गर्न भन्दै सचिव राई मङ्गलवार ताहाचलस्थित खरिद अनुगमनको कार्यालयमा पुगेका थिए । सुरुमै झक्काझक्की चलेपछि उनी उठेर हिँडेका थिए ।

केही समययता सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्कामा हुँदै आएको र हुनसक्ने मिलेमतोमा कडाइका साथ निगरानी राखेपछि धेरै सरकारी अधिकारी तथा निर्माण कम्पनीहरूको सातो गएको छ ।