गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस सिफारिस हुनुभएको छ ।

शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले थापाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, थापाले आफू काठमाडौं–४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताउनुभएको थियो ।

२०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट बाम गठबन्धनका उम्मेदवार एमालेका डा. राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।