मुस्ताङ उडेको विमानको पोखरामा आपतकालिन अवतरण

मुस्ताङ उडेको विमानको पोखरामा आपतकालिन अवतरण


ग्लोब नेपाल
81
Shares

पोखरा । पोखराबाट मुस्ताङका लागि उडान भरेको समिट एअरको विमानमा प्राबिधिक गडबडी देखिएपछि पोखरा फर्काएर आपत्कालित अवतरण गराइएको छ ।

आज आइतबार बिहान ७ बजेर ५९ मिनेटमा उडेको विमानको इञ्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै पोखरा विमानस्थलमै अवतरण गराइएको हो । विमानमा १८ यात्रु र चालक दलका चार जना थिए ।

ईञ्जिनको इन्डिकेसनमा समस्या देखिएपछि जहाज पुनः पोखरा विमानस्थलमै फिर्ता गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिएका छन् । विमानको दायाँ इञ्जिन अफ गरेर सकुशल अवतरण गराइएको जनाइएको छ ।