ओखलढुंगा कांग्रेसबाट चारजनाको नाम सिफारिस, कसले बाजी मार्ला ?

ओखलढुंगा कांग्रेसबाट चारजनाको नाम सिफारिस, कसले बाजी मार्ला ?


ग्लोब नेपाल
3.8k
Shares

काठमाडौं । मंसिर ४ गतेको चुनावी सरगर्मीसँगै क्षेत्र र जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाउने कामले तीब्रता पाएको छ । यसै मेसोमा ओखलढुंगा कांग्रेसले प्रतिनिधिसभामा चारजनाको नाम सिफारिस गरेको छ । प्रदीपकुमार सुनुवारको नाम एक नम्बरमा सिफारिस भएको छ भने दुई नम्बरमा रामहरि खतिवडा, तेस्रो नम्बरमा खिलानाथ दाहाल र चौथोमा बालकृष्ण दाहालको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभामा ओखलढुंगाबाट सम्भावित उम्मेदवार भनेर यी चारजनाकै नाम झन्डै एक महिना अघि नै ग्लोब नेपाल डट कमले सार्वजनिक गरेको थियो ।

प्रतिनिधिसभाको समानुपातिक तर्फ महेशकुमार कोर्मचा, गोमा केसी र बाला अधिकारीको नाम सिफारिस गरेको छ । त्यस्तै अपांगता कोटाबाट डेकराज भट्टराई, आदिवासीबाट हेमालक्ष्मी राईको नाम जिल्ला कमिटी ओखलढुंगाले सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. (क) बाट प्रत्यक्षतर्फ गंगाबहादुर कार्की, राजकुमार ढुंगाना, सर्वधन तामाङ, नविन राई, बद्रीनाथ दाहाल, टेकराज भट्टराई, बेदबहादुर रोक्का, हरिप्रसाद दाहाल, लीलाबल्लव दाहाल र विनोदकुमार केसी, महेन्द्रबहादुर कार्की, नन्दलाल गिरी, केदारनाथ दाहाल र दिनेश मगरको नाम सिफारिस भएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र (क) समानुपातिकतर्फ तीर्थराज थापा क्षेत्री, पेमा निमा शेर्पा, हेमालक्ष्मी राई, टीकाराम कार्की, झिलादेवी दाहाल, अम्बरबहादुर विक, हेमकुमारी तामाङ, पदमकुमार तामाङ, प्रकाश कार्की, मैया राई, युवराज गजमेर र शान्ता भण्डारीको नाम सिफारिस भएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. (ख) प्रत्यक्षतर्फ
कुमार लुइँटेल, रुद्रप्रसाद अधिकारी, अजय लुइँटेल, भोजकुमार श्रेष्ठ, बाला अधिकारी, पुरुषोत्तम लुइँटेल, राजनकुमार सुवेदी र शान्तिराज खड्काको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ सविता राई, कुमारबहादुर श्रेष्ठ, दुर्गाकुमारी तामाङ, लेखबहादुर राई, बलबहादुर तामाङ, सुन्तला परियार, गोपाल खड्का, खिम तामाङ, ईन्द्रमाया मगर, डिल्लीबहादुर रोक्का, चन्द्रबहादुर कार्की र अर्चना लुइँटेलको नाम सिफारिस भएको ओखलढुंगा कांग्रेसले जनाएको छ ।

मतदान गर्न

बाँकी