नेता पाण्डे काठमाडौं ७ बाट सिफारिस

नेता पाण्डे काठमाडौं ७ बाट सिफारिस


ग्लोब नेपाल
29.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता दयाराम पाण्डे काठमाडौ क्षेत्र नंम्बर ७ वाट सिफारिस भएका छन् । कांग्रेसको पूर्व वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका पाण्डे सो क्षेत्रमा जनप्रिय नेता मानिन्छन । सो क्षेत्रमा कांग्रेसबाट विनोद पन्त, दक्ष पौडेल, डा. रामशरण थपलिया, नीलकाजी शाक्य, प्रमोदहरि गुरागाइँ, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलसमेत नाम सिफारिस भए पनि पाण्डे सबैभन्दा सिनियर नेता हुन ।

सो क्षेत्रवाट माओवादी केन्द्रका मुक्ति प्रधान र रामबाबु फुँयाल, एकीकृत समाजवादीका बसन्त मानन्धर तथा एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, बिपी ढकाल, र श्याम घिमिरे उमेद्वारको चर्चामा रहेका छन् । त्यस्तै जसपावाट राजेन्द्रप्रसाद श्रेष्ठ तथा नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी पनि उमेदवार बन्ने चर्चा छ ।

स्थानीय निर्वाचनमा याे क्षेत्रमा सबभन्दा ठूलो दल कांग्रेस देखिएकाे छ । कांग्रेसले १४ हजार १६७ मत पाएको छ भने एमालेको १२ हजार २०२, एकीकृत समाजवादीको ३ हजार ८३९, राप्रपाको २ हजार २७ र माओवादी केन्द्रको जम्मा ५७६ मत छ ।