भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने भएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा एक कार्यक्रमको आयोजना गरी आज भारतीय स्थल सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ ।

नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आएका हुन् । उनी प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।