वरिष्ठ पत्रकार दाहाललाई ओखलढुंगा कांग्रेसले सम्झियो, केन्द्रले देला त टिकट ?

वरिष्ठ पत्रकार दाहाललाई ओखलढुंगा कांग्रेसले सम्झियो, केन्द्रले देला त टिकट ?



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै जादा चुनावी सरगर्मी बढेको छ । योसँगै १६५ प्रतिनिधि सभाका क्षेत्र र ३३० प्रदेश सभा क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फका सम्भावित उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाउनेक्रम जारी छ । कतिपय एकै नेताको नाम विभिन्न जिल्ला एवम् क्षेत्रबाट सिफारिसमा पारिएको छ भने कतिपय नेताले आफ्नो नाम सिफारिसमा नपरेकोमा असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

यद्यपि, सिफारिसमा परेका नामले नै टिकट पाउँछन् भन्ने ग्यारेन्टी भने छैन । आ-आफ्ना पार्टीबाट नाम सिफारिस गरे पनि गठबन्धनको बाडँफाँडको टुंगो लागिनसकेकोले कुन ठाउँ कुन पार्टीको भागमा पर्छ भन्ने एकिन छैन ।

दाहालले भने, ‘नेपाली कांग्रेस पार्टीमा २०३१ सालदेखि दुःख गरेको छु । पार्टीले खटाएका हरेक काममा खरो उत्रिएको छु । पार्टी सभापति तथा सम्पूर्ण नेताहरुलाई मेरो योगदानको बारेमा थाहा छ । त्यसैले पार्टीले मलाई न्याय गर्छ भन्नेमा म विश्वस्त छु ।’

यसैक्रममा नेपाली कांग्रेस ओखलढुंगाले पनि प्रतिनिधिसभा र प्रदेश सभाकालागि प्रत्यक्ष र समानुपातिकतर्फ सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभाकालागि प्रत्यक्ष तर्फ सम्भावित चार जना र समानुपातिक तर्फ सम्भावित उम्मेदवार चारै जनाको नाम सिफारिस गरेको छ । यसपटक जिल्लाका अनुभवी तथा युवा नेताहरुको नाम उम्मेदवारकोरुपमा सिफारिस गरेर ओखलढुंगा कांग्रेसले परिपक्कता देखाएको छ ।

कांग्रेसका पुराना बाैद्धिक नेता प्राध्यापक एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललाई पनि यसपटक ओखलढुंगा कांग्रेसले सम्झिएको छ । प्रतिनिधिसभाका लागि समानुपातिक तर्फ सिफारिसमा परेका दाहाल कांग्रेस पार्टीमा लामो समय दुःख गरेका तर अवसर नपाएका नेता हुन् । वि.सं. २०१५ मंसिर १३ गते ओखलढुङ्गाकाे बिगुटारमा जन्मेका दाहाल भनसुन, चाकडी गर्ने भन्दा कर्मद्धारा प्रमाणित गर्नुपर्छ भन्ने मान्यता राख्ने स्वभावका कारण पछि पारिएका हुन् कि भन्ने अनुमान लगाउन कुनै गाह्रो छैन ।

यद्यपि, यसपटक दाहाललाई ओखलढुंगा कांग्रेसले समानुपातिको उम्मेदवारमा सिफारिस गरेर न्याय गरेको छ । जिल्लाले गरेको सिफारिसलाई केन्द्रले पनि न्याय गर्‍यो भने दाहालले चार दशक भन्दा बढि कांग्रेसको सक्रिय सदस्य भई गरेको योगदानको कदर हुने देखिन्छ । यसै सन्दर्भमा ग्लोब नेपालले दाहाललाई साधेको थियो, ‘जिल्लाले त सिफारिस गर्‍यो, केन्द्रले के गर्ला ?’ दाहालले भने, ‘नेपाली कांग्रेस पार्टीमा २०३१ सालदेखि दुःख गरेको छु । पार्टीले खटाएका हरेक काममा खरो उत्रिएको छु । पार्टी सभापति तथा सम्पूर्ण नेताहरुलाई मेरो योगदानको बारेमा थाहा छ । त्यसैले पार्टीले मलाई न्याय गर्छ भन्नेमा म विश्वस्त छु ।’


को हुन् पुरुषोत्तम दाहाल ?

–२०३१ सालमा नेपाल विद्यार्थी संघको सदस्यता ।
–२०३५ सालदेखि मानवअधिकार आन्दोलनमा सक्रिय ।
–२०३६ सालदेखि कांग्रेसको क्रियाशिल सदस्यता ।
–२०३६ सालमा वाल्मिकी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति ।
–२०४३ सालमा नेपाल प्राध्यापक संघको केन्द्रीय सदस्य ।
–२०४१ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभाग सदस्य भएर काम गरेको अनुभव ।
–२०४६ सालदेखि नेपाली कांग्रेसका सदस्यहरुलाई प्रशिक्षण दिँदै आएको अनुभव ।
–२०४८ र २०५१ सालमा आम निर्वाचन परिचालन समितिमा रहेर कार्य गरेको अनुभव ।
–२०३६ साल, २०४६ साल र २०६२/०६३ को आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेको ।
–पत्रकारिता र राजनीति गर्दा पटक पटक जेल जीवन बिताएको ।
–२०७५ सालदेखि २०७८ सालसम्म नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक भएर कार्य गरेको ।
– राजनीतिशास्त्रमा स्नातकोत्तर तह उतिर्ण, वाल्मिकी क्याम्पसमा ३७ बर्ष राजनीतिशास्त्रको प्राध्यापन गरेको अनुभव ।
–चर्चित रेडियो कार्यक्रम ‘घटना र विचार’ को संस्थापक सञ्चालक ।
–२०३४ देखि पत्रकारिता शुरु, नेपाल टाइम्स दैनिक, राष्ट्रपुकार साप्ताहिक, नेपालवाणी साप्ताहिक, देशान्तर साप्ताहिक, चेतना साप्ताहिक, राजधानी दैनिकको प्रधान सम्पादक, हरेकपल डट कम, हिमालय टाइम्स दैनिक आदिमा प्रधान सम्पादककाे भूमिकामा रहि काम गरेकाे अनुभव ।
–राष्ट्रिय समाचार समितिको अध्यक्ष भएर काम गरेको अनुभव ।
–कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहँदा सञ्चार सल्लाहकार भएर काम गरेको अनुभव ।
–०५९ पछि दुई वर्ष च्यानल नेपालको ‘अग्निपरीक्षा’ कार्यक्रमका प्रस्तोता ।
– ०४५ मा स्थापित नेपाल मानवअधिकार सङ्गठनका संस्थापक ।
–०५३ जेठमा स्थापित मानवअधिकार तथा शान्ति समाजका सभापति भएर काम गरेकाे अनुभव।
– एक दर्जन देशको भ्रमण गरेको अनुभव ।
– एक्लै ६ र संयुक्त लेखनबाट गरि ८ पुस्तक प्रकाशित ।
– महेन्द्रविक्रम मानवअधिकार पुरस्कार, प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार २०५८ आदि दर्जनाै पुरस्कार प्राप्त ।
–नेपालको लोकतन्त्र र मानवअधिकारकर्मीकारुपमा गरेको योगदान वापत मेरिल्याण्ड हाउस अफ जनरल एसेम्ब्लीबाट सम्मान प्राप्त ।