सुख्खा पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध


ग्लोब नेपाल
81
Shares

सिन्धुली । सुख्खा पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मि सडक खण्ड अन्तर्गत सिन्धुलीको गोलाञ्जोर गाँउपालिका-१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ४ बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि पुर्वी पहाडी जिल्ला ओखलढुङगा, खोटाङ, भोजपुर, उदयपुर लगायतका जिल्ला हुँदै काठमाण्डौ आवतजावत गर्ने सवारी साधनहरु बाटैमा अलपत्र परेका छन् । राजमार्गमा पहिरो खसेर यातायात अवरुद्ध भएपछि पहिरो पन्छाउन प्रहरी जनप्रतिनिधि तथा स्थानिय जुटेका छन् ।

बिहानैबाट पहिरो खसेको र हालसम्म माथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन नसकेको गोलञ्जोर गाँउपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले जानकारी दिए । सयौं यात्रु अलपत्र छन्, हामी पहिरो पन्छाउन निरन्तर लागि परेका छौ, उनले भन्नुभयो- माथिबाट निरन्तर पहिरो खसिरहेकाले राजमार्ग खुलाउन सकिएको छैन ।