कोकाकोला कम्पनीमा मजदुरको पुनर्बहालीको माग राख्दै आन्दोलन

कोकाकोला कम्पनीमा मजदुरको पुनर्बहालीको माग राख्दै आन्दोलन


ग्लोब नेपाल
189
Shares

चितवन । बहुराष्ट्रिय कम्पनी (कोककोला) बोटलर्स नेपाल तराई लिमिटेडमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । भरतपुरको गोन्द्राङमा रहेको कोककोला कम्पनीले ४८ जना मजदुरहरुलाई पुनर्बहालीको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

अखिल नेपाल ट्रेड यूनियन महासंघको नेतृत्वमा विभिन्न ज्ञापनपत्रसहित राखेको ७ बुँदे माग पुरा नभएपछि आफुहरु बाध्य भएर आन्दोलनमा होमिएको महासंघ भरतपुर महानगरका अध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।

कम्पनीबाट निष्कासित ४८ जना श्रमिक मजदुरहरुलाई यथाशीघ्र पुनर्बहाली, खानेपानी, स्वास्थ्य, सरसफाईलगायतका बिषयहरुसँग सम्बन्धित समस्या समाधानका लागि आन्दोलन गर्नुपरेको सचिव गोविन्द तिवारीको भनाइ छ ।

महासंघको टोलीले कम्पनीको गेटमा दैनिकजसो नाराबाजी आन्दोलन जारी राखेका छन् । ४८ जना श्रमिक मजदुरको यथासक्य छिटो पुनर्बहाली गरी तलव तथा सुविधा कम्पनी व्यवस्थापनबाट उपलब्ध गराईदिन उनीहरुको माग छ । मजदुरहरुले झण्डै एक दशक अघिदेखि निरन्तर काम गर्दै आइरहेकोले ननिकाल्न माग गरेका छन् ।

यसअघि गएको २०७७ सालमा ४४ जना मजदुरहरुलाई कम्पनीले कामबाट निकाल्दा आन्दोलन भएपछि फेरि काममा राखेको थियो । मजदुरहरु विशेष त कोकाकोला, फेन्टा, स्प्राइटजस्ता उत्पादनहरु ओसारपसार गर्ने कार्यमा संलग्न थिए ।