आइफोन १४ सार्वजनिक, कति पर्छ मूल्य ?

आइफोन १४ सार्वजनिक, कति पर्छ मूल्य ?


ग्लोब नेपाल
135
Shares

काठमाडौं । अमेरिकी विद्युतीय सामग्री निर्माता एप्पलले आइफोन १४ का विभिन्न मोडेल सार्वजनिक गरेको छ । क्यालिफोर्नियाको कपरटिनोस्थित मूख्यालयमा बुधबार पत्रकार सम्मेलन गरी आइफोन १४ का चार वटा मोडेल सार्वजनिक गरिएको हो । जसमा आइफोन १४, १४ प्लस, आइफोन १४ प्रो र प्रोम्याक्स रहेका छन् ।

यी मोबाइलहरुमा अघिल्ला संस्करणका सेटमा भन्दा उच्च कोटीको क्यामेरा र ब्याट्री रहेको एप्पल कम्पनीको दाबी छ ।

आइफोनका यी नयाँ संस्करणमा सबैभन्दा आश्चर्यजनक कुरा चाहिँ यिनीहरुको मूल्य भएको बताइएको छ । जस अनुसार आइफोन १४ को मूल्य ७९९ डलर र १४ प्लसको मूल्य ८९९ डलर रहेको छ । यस्तै, आइफोन प्रो को मूल्य ९९९ र प्रोम्याक्सको मूल्य १०९९ रहेको छ । यी मूल्यहरु गत वर्ष ल्याइएका मोडेलहरुकै बराबरी हो ।

मूल्य नबढाई नयाँ मोडेल सार्वजनिक गर्नुलाई अपेक्षा विपरित र आश्चर्यजनक भनिएको छ ।

आइफोन १४ को स्क्रिन ६ दशमलव एक इञ्च र १२ मेगापिक्सेलको क्यामेरा रहेको छ । यसमा सेन्सरको गति बढाइएको छ । यस्तै, १४ प्लसको स्क्रिन ६ दशमलव ७ इञ्चको रहेको छ ।

यस्तै एप्पलले स्मार्ट वाचका आठ वटा मोडेल सार्वजनिक गरेको छ । स्मार्ट वाचहरुको मूल्य २४९ डलरदेखि ७९९ डलरसम्म रहेको छ ।