नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त

नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेपाली सेनाले रिक्त दरबन्दी पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले ४ हजार रिक्त पदमा आवेदन माग गरेको हो । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको छ ।

खुलातर्फ २ हजार ८८ र बाँकी समावेशीतर्फ गरेर ४ हजार पदमा सेनाले आवेदन माग गरिएको छ । आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर शुल्क तिरेर थप एकहप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ ।