ढुंगाखानीमा पहिरो जाँदा दुईको मृत्यु, एकजना घाइते

ढुंगाखानीमा पहिरो जाँदा दुईको मृत्यु, एकजना घाइते


ग्लोब नेपाल
108
Shares

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेस्थानस्थित ढुंगाखानीमा गएको पहिरोले पुरिएर २ जनाको मृत्यु हुनका साथै एकजना घाईते भएका छन् । अविरल बर्षाका कारण खानीमाथिबाट खसेको पहिरोमा परी स्थानीय निरबहादुर तामाङको कच्ची तीन तले घरसहित दुई स्काभेटर समेत पुरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार खानीमाथिबाट झरेको पहिरोमा परी निरबहादुर तामाङ र सावित्री तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

बिहान साँढे तीन बजे पहिरोमा परी घाईते भएको लादुलुङ तामाङ (ठुलीमाया) गम्भीर घाइते भएर बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको जनाएको छ । घटनाको बारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।