काठमाडौँ । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको एसोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए ।
म ११ बजे पुग्छु सर्वोच्च : जबरा
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । आफूमाथि लागेको महाभियोग प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएको दाबी गर्दै जबरा अदालत फर्कन लागेका हुन् । उनले भने, ‘म ११ बजे सर्वोच्च पुग्छु ।’
प्रतिक्रिया