एनआरएनएले डेंगु रोकथामको लागि जनचेतना कार्यक्रम सञ्चालन गर्ने

एनआरएनएले डेंगु रोकथामको लागि जनचेतना कार्यक्रम सञ्चालन गर्ने


ग्लोब नेपाल
162
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा सुरु भएको डेंगु भाइरस रोकथाम गर्न जनचेतना कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संघका अध्यक्ष रविना थापाका अनुसार संघको स्वास्थ्य समितिको सक्रियतामा आइतबार भर्चुअल जनचेतना कार्यक्रम गर्न लागिएको हो ।

नेपालमा अहिले डेंगु भाइरसबाट हजारौं मानिस संक्रमित भएर सयौं अस्पतालमा भर्ना भएका छन् । पछिल्लो सयम काठमाडौं उपत्यकामा डेंगु भाइरसको संक्रमणको उच्च जोखिममा रहेको छ ।

एनआरएनए विश्व स्वास्थ्य समितिका संयोजक डा‍. सञ्जीव सापकोटाको समन्वयमा एनआरएनए ग्लोबल हेल्थ कमिटीले डान्फे केयरसँग सहकार्य गरी डेंगु भाइरल रोगको रोकथाम, प्रारम्भिक उपचार र व्यवस्थापनबारे कार्यक्रममा जानकारी दिइने छ ।

कार्यक्रममा डा. प्रभात अधिकारी सहित डेंगु विशेषज्ञहरूले सो रोगथामको लागि चाल्नु पर्ने कदमका बारेमा आ-आफ्ना भनाईहरु राख्ने छन् ।