नेदरल्यान्डस् र क्रोयसिया नेनन्स लिगको फाइनल चरणमा

नेदरल्यान्डस् र क्रोयसिया नेनन्स लिगको फाइनल चरणमा



लन्डन । भर्जिल भान डाइकको निर्णायक गोलमा बेल्जियमलाई १-० ले निराश पार्दै नेदरल्यान्ड्सले आगामी वर्ष हुने युइएफए नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ । बिहीबार पोल्यान्डमाथिको जितपछि नेदरल्यान्ड्सले समूह विजेताको रुपमा फाइनल प्रवेश गर्ने सम्भावना बलियो पारेको थियो ।

फाइनल प्रवेशका लागि नेदरल्यान्ड्सलाई आइतबार बेल्जियमविरुद्ध फराकिलो हार टार्नु थियो । ७३औं मिनेटमा भान डाइकले गरेको गोल डेनमार्कको फाइनल यात्रा तय गर्नका लागि पर्याप्त बन्यो ।

लिग ए ग्रुप ४ मा नेदरल्यान्ड्स ६ खेलमा १६ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको बेल्जियमको समान खेलमा १० अंक रह्यो । तेस्रो स्थानको पोल्यान्डको सात अंक रह्यो भने चौथो स्थानको वेल्सको मात्र एक अंक रह्यो । यता पोल्यान्डसँग १-० को हारपछि वेल्स भने लिग बी मा घटुवा भएको छ ।

फ्रान्स स्तब्ध, फाइनल चरणमा
डेनमार्कले आइतबार युइएफए नेसन्स लिगमा फ्रान्सलाई २-० ले स्तब्ध बनाएको छ । यद्यपि डेनमार्कले शीर्ष स्थानमा बस्दै फाइनल प्रवेश गर्ने अवसर भने गुमाएको छ । पहिलो हाफमा कास्पर डोल्बर्ग र आन्द्रियास स्कोभ ओस्लेनको गोलमा डेनमार्कले फ्रान्समाथि २-० को अग्रता लिदै फाइनल प्रवेशको सम्भावना बलियो पारेको थियो ।

तर, लिग ए ग्रुप १ को अर्को खेलमा क्रोएसिया अस्ट्रियाविरुद्ध ३-१ को जित निकालेसँगै डेनमार्कको फाइनल प्रवेशको बाटो बन्द भएको थियो । क्रोएसियाले ६ खेलमा १३ अंकसहित शीर्ष स्थानमा बस्दै आगामी वर्ष जुनमा हुने फाइनलमा स्थान बनायो । दोस्रो स्थानको डेनमार्कको भने १२ अंक रह्यो । तेस्रो स्थानको फ्रान्सको पाँच र चौथो स्थानको अस्ट्रियाको चार अंक रह्यो ।

डेनमार्कविरुद्धको हारले रेलिगेशनको संघारमा पुगे पनि अस्ट्रियाले क्रोएसियालाई नतिजा सुम्पिएसँगै फ्रान्स लिग बी मा घटुवा हुनबाट जोगिएको थियो ।