कर्णाली नदीको बाढीले अछाम कुजेडाको वस्ती जोखिममा, बालिनाली तहसनहस (तस्वीरसहित)

कर्णाली नदीको बाढीले अछाम कुजेडाको वस्ती जोखिममा, बालिनाली तहसनहस (तस्वीरसहित)



अछाम । लगातार परेको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर- ४ कालिकास्थान, कुजेडाको वस्ती नै जोखिममा परेको छ ।

लगातार ५ दिनदेखि परेको अविरल वर्षाका कारण बाढी आउँदा कर्णाली नदी तटिय क्षेत्रमा कुजेडाका दुई सय घर जोखिमा परेका स्थानीय समाजसेवी गोकर्ण माझीले जानकारी दिए । उनका अनुसार यसपटको कर्णाली नदीको बाढीले धानबाली र मकैबाली पुरै डुबान र कटानमा परेर तहसनहस भएको छ ।

बाढीबाट मानविय क्षति भएको छैन। तर, पुरै दुईसय घर परिवार रहेको वस्ती निकै जोखीमा परेको समाजसेवी माझीले बताए । वस्ती नै जोखीममा परेपछि स्थानीय कतिबेला के हुन्छ भनेर त्रसित भएका अर्का स्थानीय हिरेन्द्र थापाले बताए । उनका अनुसार पनि खेतबारीमा लगाएको सबै अन्नबालीमा बाढी पसेपछि स्थानीयलाई अब के खाने भन्ने चिन्ताले रातदिनै पिरोलेको छ । नदिले हाम्रो लगाएको धानबाली, मकै, मफलि लगाएत केहि पनि राखेन्’ कुजेडाका स्थानयी थापाले दुखेसो पोख्दै भने,‘न हामीलाई सरकारले राहत दिन्छ । न हामीलाई सरकार उद्दार गर्न आउँछ ।’

कर्णाली नदीमा वर्षैपिच्छे आउने बाढीले कुजेडाका स्थानीयले सधै दःख बेहोर्नुपरेको स्थानीय चेतन मलातीले बताए । यस पटक कर्णाली नदीमा आएको बाढीले पहिलेको भन्दा धेरै क्षति गरेको मलातीले बताए । उनले भने, ‘पहिला नदी आउथ्यो, तर यदि क्षति कहिल्यै पनि गरेको छैन्,’ स्थानीय मलातीले भने,‘यस पटक त हाम्रो लगाएको बालीनाली केहि पनि राखेन् । हामीले अब के खाने कसरी घरपरिवार पाल्ने निकै गारो भएको छ ।’

अनुसार स्थानीय किसानले लगाएको बालीनाली नदीले बगाएर लगेपछि अब गाउँमा भोकमरी सुरु हुने समाजसेवी गोकर्ण माझीको भनाइ छ । उनका अनुसार कुजेडाका स्थानीय किसानलाई एक करोडबढीको क्षति भएको छ ।

हेर्नुहोस्, बाढीले बगाएको कुजेडाको धानबालीः

स्थानीयले लगाएको धानबाली माथीबाट कर्णाली नदी बग्दै ।
स्थानीयले लगाएको धानबाली सबै लेदोले छापेर माथीबाट कर्णाली नदी बग्दै ।
स्थानीयले लगाएको धानबाली सबै बगाए कृषियोग्य जमिन बगर बनायो कर्णाली नदीले
स्थानीयले लगाएको धानबाली सबै लेदोले छापेर माथीबाट कर्णाली नदी बग्दै ।