खिलानाथ दाहाल केन्द्रीय परिचालन समितिमा

खिलानाथ दाहाल केन्द्रीय परिचालन समितिमा


ग्लोब नेपाल
149.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) बमोजिम ओखलढुंगाका पुराना नेता खिलानाथ दाहाललाई प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिमा नियुत्त गरेका छन् ।

गोपालमान श्रेष्ठ संयोजक रहेको यस समितिमा दाहालसँगै केन्द्रीय सदस्य डा. आरजु राणा देउवा, धनकुटाका आनन्दसन्तोषी राई, कास्कीका तिलक रानाभाट, अर्घाखाँचीका तारा श्रेष्ठ र नुवाकोटका किरणप्रसाद गजुरेललाई थप गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघको केन्द्रीय नेतृत्व हुँदै ट्रेड युनियन काँग्रेसको दुईपटक अध्यक्षको नेतृत्व सम्हालिसकेका दाहाल राष्ट्रिय राजनीतिमा शालिन व्यक्तित्वको परिचय बनाएका नेता हुन् । विमलेन्द्र निधि पार्टी उपसभापति र पुरुषोत्तम दाहाल काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक रहँदा दाहाल प्रशिक्षण निर्देशक थिए । ट्रेड युनियनको आन्दोलनमार्फत राजनीतिमा उदाएका शहिदपुत्र दाहाल नेपाली कांग्रेसमा अवसर नपाएका नेतामध्य एक हुन् ।

यसैगरी पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रीय प्रचार समितिमा ओखलढुंगाबाट चारजना समेटिएका छन् । खिला दाहाल, गोमा केसी, बाला अधिकारी र डेगराज भट्टराई रहेका छन् ।