एनआईसी एसिया बैङ्कको सञ्चालकमा लम्साल नियुक्त

एनआईसी एसिया बैङ्कको सञ्चालकमा लम्साल नियुक्त


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । एनआईसी एसिया बैङ्कको सर्वसाधारण सेयरधनी समूहबाट केशवप्रसाद लम्साल सञ्चालकमा नियुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कमा ३० वर्ष लामो अनुभव लिएका लम्साललाई बैङ्कको बुधबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा नियुक्त गरेको हो ।

लम्सालले एनआईसी एसिया बैङ्कको सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गरेका छन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टेसनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लम्साल राष्ट्रिय वाणिज्य बैङ्कमा विभिन्न विभागहरूको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए ।