काठमाडौं । बेलायत (यूके)की प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन्।
प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ । बिहीवार एक सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्।
नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरेकी छिन्। ट्रसले नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी साताबाटै सुरु हुने बताएकी छन्।
४५ दिनमा नै राजीनामा दिन बाध्य ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी छन्। उनी पछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए।
प्रतिक्रिया