क्रिस्टियानो रोनाल्डोलाई कारवाहीको तयारी

क्रिस्टियानो रोनाल्डोलाई कारवाहीको तयारी



लन्डन । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कारवाही हुने भएको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले पत्रकार सम्मेलनमार्फत रोनाल्डोलाई उनको व्यवहारका कारण कारवाही हुने बताएका हुन् ।

टोटेनह्यामविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्न नमान्दै रोनाल्डोले मैदान छाडेका थिए । खेलको अन्तिम समयतिर युनाइटेड २–० को अग्रतामा रहँदा टेन हागले रोनाल्डोलाई मैदान प्रवेश गराउन चाहेका थिए । तर रोनाल्डोले टेन हागको आग्रह नकारे । त्यसपछि खेलको ८९ औं मिनेट चलिरहँदा रोनाल्डोले मैदान छाड्दै ड्रेसिङ रुमतर्फ लागेका थिए ।

युनाइटेडले रोनाल्डो चेल्सीविरुद्ध हुने खेलका लागि टोलीमा नरहने बताइसकेको छ । रोनाल्डोले यस सिजन युनाइटेडका लागि सुरुवाती रोजाइमा खासै अवसर पाएका छैनन् । प्रशिक्षक टेन हागसँग राम्रो सम्बन्ध रहन नसक्दा रोनाल्डोले राम्रो प्रदर्शन गर्न नसकेको आँकलन रहेको छ ।

जेरार्ड बर्खास्त
लन्डन । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेभिन जेरार्डलाई बर्खास्त गरेको छ । प्रिमियर लिगअन्तर्गत शुक्रबार सम्पन्न खेलमा एस्टन भिल्लाले फुलहमलाई ३-० को नतिजा सुम्पिएको थियो ।

फुलहमको जितमा मिट्रोभिच र रिडले समान एक गोल गरे भने एस्टन भिल्लाका मिङसले एक आत्मघाती गोल गरे । खराब प्रदर्शनसँगै जेरार्ड बर्खास्तीमा परेका हुन् ।

डिन स्मिथको बर्खास्तीपछि एस्टन भिल्लाको जेरार्डलाई ११ महिना अघि प्रशिक्षकमा नियुक्त भएका थिए । एस्टन भिल्ला हाल नौ अंकसहित प्रिमियर लिगको १७औं स्थानमा छ । यस सिजन प्रिमियर लिगको ११ खेलमा एस्टन भिल्लाले दुई खेल मात्र जितेको छ ।