उपभोक्ताको रोजाइमा अल्लोको टोपी

उपभोक्ताको रोजाइमा अल्लोको टोपी


ग्लोब नेपाल
54
Shares

ताप्लेजुङ । तिहारको मध्य समय तिहार आएसँगै फुङ्लिङ नगरपालिका–४ का उशन फुरुम्बूको व्यस्तता बढेको छ । तिहारका लागि अल्लोको टोपीको माग बढेको छ । माग धान्न अहिले अल्लोको धागो खेलाउन दैनिकी बनेको छ ।

फुरुम्बु बिहानैदेखि रातिसम्म कपडा सिलाउने मेसिनमा अल्लोको टोपी सिलाउनुमा व्यस्त छन् । मेसिन चलाउनु, धागो र कैँची खेलाउन उनको पुर्ख्यौली पेसा भने होइन । तीन चार महिना अगाडि मात्र यी काम उनले सिकेका हुन् ।

उनकी श्रीमती आशा लिम्बूले ताप्लेजुङमा पहिलोपटक उत्तम अल्लो कपडा उद्योग सञ्चालनमा ल्याइन । लिम्बू आफैँले अल्लोको धागो बनाएर कपडा बुन्थिन् । विस्तारै अल्लोको कपडा उत्पादन हुनथाल्यो । फुरुम्बुले उत्पादन भएको अल्लोको कपडा ढाकाको टोपी बुन्न सिक्न थाले । सिकेको चार पाँच महिनामा राम्रो टोपी सिलाउन थाले ।

अहिले उनी माग आएको अल्लोको टोपी सिलाउनमा व्यस्त छन् । उनले भने, “अगाडि सिलाएको टोपी बिक्री भइसक्यो । अहिले मागअनुसारको टोपी सिलाउँदै छु ।” अल्लोको कपडाको टोपी रु छ सयदेखि एक हजारसम्ममा बिक्री गर्दै आउनुभएको उनले बताए । तिहारको विशेष भाइटीकाका लागि अल्लोको टोपीको धेरै माग आएको छ ।

बजारमा देउसीभैली कार्यक्रम चलिहरेको छ तर फुरुम्बु भने अल्लोको टोपी सिलाउनमै व्यस्त छन् । उनलाई देउसीभैलो कार्यक्रम हेर्न बाहिर निस्कनसम्म फुर्सत छैन ।

यता ढाकाको टोपीको व्यापार भने घटेको छ । फुङ्लिङ नगरपालिका–४ का ताप्लेजुङ ढाका पसल सञ्चालक कुमार येङ्देनले अघिल्लो वर्षको तिहारमा एक हजार ४० थान ढाकाको टोपी बिक्री गरे ।