विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने कांग्रेसको संकल्प

विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने कांग्रेसको संकल्प


ग्लोब नेपाल
459
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेको घोषणापत्रमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकारकाे विषयसमेत समेटिएको छ । घोषणापत्रमा भनिएको छ, विद्युतीय प्रणालीमार्फत् पाँच वर्षपछि हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न निर्णायक पहल गर्नेछौं ।

घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार : नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारा रहेको छ ।

साथै समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु समेटिएको छ । सङ्कल्पपत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बिपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताए ।