भैरहवा । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले यही कात्तिक १७ गते बिहीबारदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टड उडान गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त हवाई सेवा प्रदायक कम्पनीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई वटा चार्टड उडान गर्न सहमत भएको हो ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘विन्टर सेड्युल’ अन्तर्गत नेपाल वायुसेवा निगमले तोकेको मितिबाट भैरहवाबाट उडान नगरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमको आइतबारको उडान रद्द गरिदिएको थियो ।
प्रतिक्रिया