निर्वाचन लगत्तै विज्ञापन खोल्ने शिक्षक सेवा आयोगको तयारी

निर्वाचन लगत्तै विज्ञापन खोल्ने शिक्षक सेवा आयोगको तयारी


ग्लोब नेपाल
7.4k
Shares

काठमाडौँ । शिक्षक सेवा आयोगले निर्वाचन लगत्तै विज्ञापन खोल्ने तयारी गरेको छ । आयोगका अनुसार पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया सुरु गर्ने आयोगको कार्यतालिका रहेको बताइएको छ ।

शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिन लागेको हो । आयोगले नियमित रूपमा विज्ञापन खुला गरी शिक्षकको परीक्षा सञ्चालन गर्न पाए ३ वर्षभित्रमै शिक्षक अभाव परिपूर्ति हुने अपेक्षा छ ।

यसैबीच आयोगले २०७८ माघमा सञ्चालन गरेको माध्यमिक तहको परीक्षामा उत्तीर्ण १ हजार ५ सय ५२ मध्ये उत्तीर्ण भएका १ हजार १ सय ८४ जना मावि तहको शिक्षक नियुक्ति गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सिफारिस गरेको छ ।

आयोगले मङ्गलवार लिखित र मौखिक परीक्षाको परीक्षाफलबाट उत्तीर्ण १२ विषयका शिक्षकलाई मावि तहको स्थायी दरबन्दीमा सिफारिस गरेको थियो ।