विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा भएको छ । ब्राजिलले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको छ । ब्राजिलले विश्वकपका लागि ९ फरवार्डलाई टिममा राखेको छ ।

ब्राजिलले घोषणा गरेको टोलीमा रोबर्टो फिर्मिन्हो अटाएका छैनन् । गाब्रियल जिसस र गाब्रियल मार्टिनेली अटाएका छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । ब्राजिलले नोभेम्बर २५ मा सर्बियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।