जलवायु कार्यका लागि विकासोन्मुख देशलाई वार्षिक १० खर्ब डलर आवश्यक

जलवायु कार्यका लागि विकासोन्मुख देशलाई वार्षिक १० खर्ब डलर आवश्यक


ग्लोब नेपाल
135
Shares

एजेन्सी, कायरो । विकासोन्मुख देशहरूले दशकको अन्त्यसम्ममा जलवायु कार्यका लागि वार्षिक १० खर्ब डलर सुरक्षित गर्न लगानीकर्ता, धनी देशहरू र विकास बैंकहरूसँग मिलेर काम गर्न आवश्यक रहेको एक रिपोर्टले जनाएको छ ।

इजिप्टमा कोप–२७ शिखर सम्मेलनमा जलवायु परिवर्तन वित्त सम्बन्धी वार्ता हुनुअघि जारी गरिएको प्रतिवेदनले उत्सर्जन घटाउन, लचिलोपन बढाउन, जलवायु परिवर्तनबाट हुने क्षतिसँग जुध्न र प्रकृति र भूमिको पुनःस्थापना गर्न कोष आवश्यक भएको बताएको छ ।

‘विश्वलाई जलवायु वित्तमा एक सफलता र नयाँ रोडम्याप चाहिन्छ जसले सन् २०३० सम्म उदीयमान बजार र चीनबाहेक अन्य विकासोन्मुख देशहरूका लागि आवश्यक पर्ने बाह्य वित्तमा १० खर्ब डलर परिचालन गर्न सक्छ’, वर्तमान र यसअघिको जलवायु सम्मेलन आयोजकद्वारा तयार पारिएको रिपोर्टमा भनिएको छ । रिपोर्टमा भनिएको छ । 

यसैबीच, इजिप्टमा जलवायु शिखर सम्मेलनमा प्रतिनिधिहरूले बुधबार वित्तिय मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।