एमाले उम्मेदवारलाई सघाएको भन्दै गण्डकीका मन्त्री आचार्य बर्खास्त

एमाले उम्मेदवारलाई सघाएको भन्दै गण्डकीका मन्त्री आचार्य बर्खास्त


ग्लोब नेपाल
405
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन् ।

आसन्न निर्वाचनमा एमालेको पक्षमा लागेको भन्दै उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मन्त्रिपरिषद्‍मा हेरफेर गरिएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्रदेशप्रमुख पृथ्वीमान गुरुङसमक्ष पुगिसकेको छ ।

मन्त्री आचार्यलाई हटाउन मुख्यमन्त्रीले गरेको सिफारिस प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट स्वीकृत भइसकेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए ।

एमालेलाई सघाएको भन्दै सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले तुरुन्त हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्देशन दिएका थिए । तर मुख्यमन्त्री पोखरेल गृह जिल्ला पूर्वी नवलपरासी रहेका र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमेत चितवनस्थित घर गएकाले बर्खास्तीमा ढिलाइ भएको थियो ।

प्रदेशप्रमुख गुरुङ र मुख्यमन्त्री पोखरेल मंगलबार दिउँसो पोखरा आएलगत्तै मन्त्री आचार्यलाई हटाएका हुन् ।