विश्वकप हेर्न अतिरिक्त ५०० शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

विश्वकप हेर्न अतिरिक्त ५०० शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


ग्लोब नेपाल
81
Shares

काठमाडौं । कतारमा हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । 

विश्वकप फुटबल हेर्नका लागि नेपाली प्रतिग्राहकबाट अतिरिक्त ५०० रूपैयाँ असूल्ने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई राउतको इजलासले २७ कात्तिकमा छलफलका लागि बोलाएको छ ।