एजेन्सी/लन्डन । जीवनयापनको लागत बढ्दै गएपछि बेलायतमा दशौं हजार नर्सहरू पहिलो पटक राम्रो तलबको माग गर्दै हडतालमा उत्रिन लागेका छन् ।
देशभरका अधिकांश राज्य–संचालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) नियोक्ताहरूमा नर्सहरूले हड्तालको पक्षमा मतदान गरेका रोयल कलेज अफ नर्सिङ (आरसीएन) ले जानकारी दियो ।
३ लाखभन्दा बढी सदस्यहरू भएको आरसीएनले आफ्नो १०६ वर्ष पुरानो इतिहासमा हडताल कार्यमा पहिलो मतदानपछि वर्षको अन्त्य हुनुअघि औद्योगिक कार्य सुरु हुने बताएको छ ।
प्रतिक्रिया