साफ यू-१५ : नेपाल र बंगलादेश भिड्दै

साफ यू-१५ : नेपाल र बंगलादेश भिड्दै


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दै छ।

डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललले आज बंगलादेशसँग खेल्न लागेको हो। ढाकामा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो। किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ।

नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ। तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन। नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।​

नेपाललले बराबरी गरे उपाधि उचाल्छ। यस अघिको खेलमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो। यस्तै नेपालले पहिलो खेलमा भुटानलाई ७-० ले हराएको थियो भने दोस्रोमा १-० ले परजित गरेको थियो।