लालु यादवलाई छोरी रोहिणीको मृगौला

लालु यादवलाई छोरी रोहिणीको मृगौला



पटना । भारत विहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (राजद) का अध्यक्ष लालुप्रसाद यादव मिर्गौला प्रत्यारोपणका लागि सिङ्गापुर जाने भएका छन् । कैयौं गम्भीर रोगबाट पीडित लालुप्रसादलाई उनकी छोरी रोहिणी आचार्यले उनलाई मिर्गौला दान गर्ने भएकी छन् ।

लालु भर्खरै सिंगापुर गएका थिए, जहाँ डाक्टरहरूले उनको मृगौला प्रत्यारोपण गर्न स्वीकृति दिएका थिए । यसका लागि तयारी पनि सुरु भएको छ । यस्तो अवस्थामा सिंगापुरमा आफ्नो परिवारसँग बस्दै आएकी रोहिणीले आफ्नो बुवा लालुप्रसादलाई मिर्गौला दान गर्ने निर्णय गरेकी हुन् ।

पारिवारिक स्रोतका अनुसार राजद सुप्रिमो मिर्गौला प्रत्यारोपणका लागि नोभेम्बर २४ मा सिंगापुर जान सक्नेछन् । लालु यादवलाई मिर्गौला दान गर्न राजदका दुई दर्जन कार्यकर्ता र नेताहरु अगाडि आएको बताइएको छ । तर उनले आफ्नी छोरी रोहिणीको मिर्गौला मात्रै लिने चर्चा छ ।