आचारसंहिता मिच्ने कर्मचारीलाई विभागी कारबाही, ५ देखि २५ हजारसम्म जरिवाना

आचारसंहिता मिच्ने कर्मचारीलाई विभागी कारबाही, ५ देखि २५ हजारसम्म जरिवाना


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्न थालेको छ। आचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्। अयोगले ११६ वटा आचारसंहिता उल्लङ्घन गरेको घटनामा कारबाही गरेको जनाएको छ।

आयोगको तथ्यांकअनुसार शनिबार मात्रै ९ जनालाई कारबाही गरेको छ। आचारसंहिता मिच्नेलाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गरिएको छ। शिक्षक र कर्मचारीलाई विभागी कारबाही पनि अगाडि बढाउन आयोगले सम्बन्धित मन्त्रालयलाई पत्र लेखेको जनाएको छ।

आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर आचारसंहिताअनुसार निर्वाचन खर्च नबुझाएका र प्रदेश तथा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार भएका ३ सय ६९ उम्मेदवारको नाम बन्द सूचीबाट हटाएको थियो।

स्वास्थ्य सेवा विभागका प्रमुख र भरतपुर अस्पताल चितवनका प्रमुखलाई सेवा, सर्तसम्बन्धी कानुनबमोजिम विभागीय कारबाही गर्न आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेखेको छ।