हिमाली क्षेत्रमा ठूलो भूकम्पको खतरा !

हिमाली क्षेत्रमा ठूलो भूकम्पको खतरा !


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । गत साता नेपालको पश्चिमी पहाडी भाग र भारतका विभिन्न भू–भागमा भूकम्पले धक्का दियो । डोटीमा कम्तीमा ६ जनाको मृत्यु भएको थियो भने धेरै घरमा क्षति पुगेको थियो ।

वैज्ञानिकहरूले हिमालय क्षेत्रमा ठूलो भूकम्पको खतरा रहेको चेतावनी दिएका छन् । आइआइटी कानपुरका प्राध्यापकहरूले पनि भविष्यमा ठूलो भूकम्प जाने भविष्यवाणी गरेका छन् । उनका अनुसार भारतीय प्लेट र पृथ्वीमुनिको युरेशियन प्लेटबीचको टक्कर बढ्दो छ ।

भूकम्पसम्बन्धी अनुसन्धान गर्ने वाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजी, देहरादुनका वैज्ञानिकहरूका अनुसार हिन्दुकुश पर्वतदेखि उत्तरपूर्वी भारतसम्मको हिमालय क्षेत्र भूकम्पप्रति अत्यन्त संवेदनशील छ ।

प्रश्न उठ्छ, यस्तो भूकम्प कहिले आउने छ ? यसको जवाफमा वैज्ञानिकहरुले यो कुनै पनि बेला आउन सक्ने बताएका छन् । यसको सही भविष्यवाणी पहिल्यै गर्न सकिंदैन । न त भूकम्पलाई रोक्न सकिन्छ । सही भूकम्प रोकथाम रणनीति बनाउने, जनतालाई सचेत गराउने र भूकम्प प्रतिरोधी निर्माणलाई बढावा दिने हो भने जनधनको क्षतिलाई धेरै हदसम्म कम गर्न सकिन्छ । वैज्ञानिकहरूले यस मामिलामा जापानको उदाहरण दिएका छन् ।

विगत १ सय ५० वर्षमा हिमालय क्षेत्रमा चार वटा ठूला भूकम्प गएका छन् । जसमा सन् १८९७ मा सिलाङ, सन् १९०५ मा कांगडा, सन् १९३४ मा बिहार–नेपाल र सन् १९५० मा आसाममा भूकम्प गएको थियो । यसबाहेक सन् १९९१ मा उत्तरकाशी, सन् १९९९ मा चमोली र सन् २०१५ मा नेपालमा ठूलो भूकम्प गएको थियो ।
तस्बिरसहित समाचारस्रोतः DW.com