गठबन्धनको बहुमत ल्याउँछ, कांग्रेसकै नेतृत्वमा सरकार बन्छ: प्रवक्ता महत

गठबन्धनको बहुमत ल्याउँछ, कांग्रेसकै नेतृत्वमा सरकार बन्छ: प्रवक्ता महत


ग्लोब नेपाल
351
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने दाबी गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गर्दै निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत बताए । ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले हामी विजयी हुनेछ’, उनले भने, ‘त्यसपछि यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ। हाम्रो प्रचार अभियान देशभर जारी छ।’

मुलुकलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारुढ गठबन्धनको विकल्प नभएको उनको भनाइ थियो ।