बालीमा बाइडन-सी भेटवार्ता, द्वन्द्व टार्नुपर्नेमा दुई नेताको जोड

बालीमा बाइडन-सी भेटवार्ता, द्वन्द्व टार्नुपर्नेमा दुई नेताको जोड


ग्लोब नेपाल
135
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडे र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।

दुई ठूला शक्तिबिचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला दुई नेताबीच इन्डोनेशियाकाे बालीमा भेटवार्ता भएको हो। सोमबार भएको भेटमा चिनियाँ राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति बाइडेनसँग दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताएका छन् ।

राष्ट्रपति सीले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला परिवर्तनहरू भइरहेका छन् र मानवहरूले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेको छन् भन्दै त्यसलाई सही ढङ्गले सम्हाल्नका निम्ति पनि दुई देशको असल सम्बन्ध अपरिहार्य रहेको धारणा राखेका थिए ।

जी-२० बैठकले विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्दै सीले यहाँबाट कहाँ जाने भन्ने प्रश्न उनीहरुको मात्रै होइन, सबै देशको दिमागमा रहेको पनि बताए ।

आफ्नो एउटा सुरुवाती मन्तव्यमा बाइडनले अमेरिका र चीनबिच द्वन्द्व टार्नुको आवश्यकताबारे बाेलेका थिए। उनीहरूबिच ताइवान मुख्य एजेन्डा बन्ने ठानिएको छ।

बाइडनले ताइवानका विषयमा आफूहरू दुईले आफ्ना लक्ष्मण रेखा के हुन् भन्ने तय गर्ने बताएका छन्। बाइडनले आफूहरू दुईबिच खुला सम्पर्क सुत्र कायम गर्न प्रतिबद्ध रहेको भन्दै त्यसले दुई देशलाई जलवायु परिवर्तन र असुरक्षा सहितका आपत्कालीन विश्व मुद्दामा सहकार्यू गर्न सम्भव गराउने बताए।

मङ्गलवार सुरु हुने जी-२० बैठकका लागि विश्व नेताहरू यतिखेर इन्डोनेशियामा छन्।