काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर १ मा राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्दै अभिनेत्री मनिषा कोइराला घरदैलोमा पुगेकी छन्। उनले मंगलबार बिहान काठमाडौँ क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा मिश्रसँगै घरदैलोमा पुगेर भोट मागेकी हुन्। घरदैलो कार्यक्रम बबरमहलबाट शुरु भएको थियो ।
प्रतिक्रिया