शिक्षण संस्थालाई ४ र सरकारी निकायलाई २ दिन बिदा

शिक्षण संस्थालाई ४ र सरकारी निकायलाई २ दिन बिदा


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । सरकारले आउँदो निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

४ गते आइतबार हुन गई रहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदान स्थल रहेका शिक्षण संस्था/विद्यालयहरूमा २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।